Main News

कैलालीमा बाढीका कारण एक हजार घर डुबानमा

हिमालय टिभी
२०७७ साउन १४ गते १७:५८
कैलालीमा बाढीका कारण एक हजार घर डुबानमा

१४ साउन, २०७७ कैलाली । हिजो राती देखि परेको अविरल वर्षाका कारण नदीमा बाढी आइ कैलालीमा करिब एक हजार घर डुबानमा परेका छन् ।

जिल्लाका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा बढी समस्या पारेको छ ।

धनगढी उपमहानगरपालिका केहि वडा पनि डुवानमा परेका छन् । भजनी नगरपालिकामा मात्रै २ सय भन्दा बढी घर डुबानमा परेका छन् ।

सो नगरको वडा नम्बर ५ स्थित जबलपुर गाउँका एक सय भन्दा बढी घरका नागरिकलाई सुरक्षीत स्थानमा सारिएको छ । डुबानमा परेकाको उद्दार गरिरहेको प्रशासनले जनाएको छ ।

टीकापुर नगरपालिकामा समेत डेढ सय भन्दा बढी घर डुबानमा परेका छन् । अहिले पनि कैलालीका मुख्य नदीमा पानीको वहाब उच्च छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पनि जलमग्न भएको छ ।

उप महानगरपालिका वडा नम्बर ३ को अधिकासं क्षेत्र डुवानमा परेको छ । पानी निकासका लागि पहल नहुँदा बर्षेनी डुवान हुने गरेको स्थानीयको गुनासो छ ।

धनगढी लगायत अधिकांश स्थानीय तहले बाढी र डुबानबाट बच्न पुर्व तयारी नगर्दा अहिले समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *