राज्य व्यवस्था समितिद्वारा तीन वटा प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन

१४ साउन, २०७७ काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगका वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
समितिको आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति बनाएको हो ।
रेखा शर्माको संयोजकत्वको उपसमितिले अख्तियार, यशोदा सुवेदी संयोजत्वको उपसमितिले निर्वाचन आयोग र विजय सुब्बा नेतृत्वको उपसमितिले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्नेछ ।
समिति सभापति शशी श्रेष्ठले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १८२ बमोजिम उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।
त्यस्तै कुनै एक उपसमितिमा रहेको सदस्य अर्को उपसमितिको बैठकमा भाग लिन चाहेमा संयोजकको अनुमति लिएर सहभागि हुन सक्नेछन् । उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिन भित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।
प्रतिक्रिया