Main News
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि
२०७७ साउन १४ गते १६:०४

१४ साउन, २०७७, धनुषाधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाका अनुसार मन्त्रालयका ५० वर्षीय स्टोर किपर, ३५ वर्षीय सवारी चालक र २५ वर्षीय कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । तिमध्ये तीन जनामा कोरोना पोजेटिभ देखिएको सह(निर्देशक झाले जानकारी दिए । पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको उनको भनाई छ ।
पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको छ । उनीहरुको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिने बताइएको छ ।
प्रतिक्रिया