Main News

खर्च विवरण माग्न गृह मन्त्रालय पुगेका ईनफ ईज ईनफ अभियानका पाँच युवा पक्राउ

हिमालय टिभी
२०७७ साउन १४ गते १५:०५
खर्च विवरण माग्न गृह मन्त्रालय पुगेका ईनफ ईज ईनफ अभियानका पाँच युवा पक्राउ

१४ साउन, २०७७ काठमाडौं । कोरोना नियन्त्रणका लागि गृहमन्त्रालयबाट भएको खर्चको विवरण माग्न गृह मन्त्रालय पुगेका ईनफ ईज ईनफ अभियानका ५ जना युवालाई प्रहरीले पक्रेको छ ।

कोरोना नियन्त्रणका लागि गृहमन्त्रालयबाट भएको खर्चको विवरण उपलब्ध गराउनु पर्ने भन्दै उनीहरु सूचनाको हक सम्बन्धी निवेदन बोकेर मन्त्रालयमा पुगेका थिए । तर उनीहरुलाई खर्च विवरण दिनुको सट्टा प्रहरीले पक्रेर महेन्द्र पुलिस क्लवमा लगेको छ ।

पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुन्द्रलगायतका अभियान्ता छन् । पक्राउ परेका युवाले आफूहरुलाई गैरकानुनी तरिकाले पक्रेको भन्दै महेन्द्र पुलिस क्लवमा नै अनसन घोषणा गरेका छन् ।

कोरनाको आरडिटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्नु पर्ने, खर्चको विवरण सार्वजनिक हुनु पर्नेलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका युवा र सरकारबीच सहमति भएको थियो ।

तर त्यो सहमति कार्यान्वयन नभएपछि ईनफ ईज ईनफ अभियानका दुई युवा आमरण अनसनमा बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *