Main News

काठमाडौं उपत्यकामा संक्रमित बढेपछि सिंहदरबारमा कोरोना परीक्षण थालियो (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ साउन १४ गते १४:४१
काठमाडौं उपत्यकामा संक्रमित बढेपछि सिंहदरबारमा कोरोना परीक्षण थालियो (फोटो फिचरसहित)

१४ साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारका कर्मचारीको कोरोना परीक्षण गर्न लागेको छ ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सयदेखि ७ सय जना कर्मचारीको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका कर्मचारीको परीक्षणपछि उपत्यका भित्र संक्रमणको अवस्था आंकलन गर्न सकिने छ ।


काठमाडौं उपत्यकामा हिजो मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ ।

काठमाडौँंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *