Main News

एसईईको नतिजा आगामी साता सार्वजनिक गरिने

हिमालय टिभी
२०७७ साउन १४ गते १४:२२
एसईईको नतिजा आगामी साता सार्वजनिक गरिने

१४ साउन, २०७७ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी एक हप्ताभित्र आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अबको एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

कोरोना संक्रमणका कारण एसईई परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

अहिले विद्यालयले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको जनाइएको छ । चैत ६ गतेका लागि तय परीक्षा अन्तिम समयमा स्थगित भएको थियो ।

यस वर्ष देशभर ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले एसईई परीक्षाको तयारी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *