Main News

अविरल वर्षासँगै कैलालीका विभिन्न स्थान डुबानमा

हिमालय टिभी
२०७७ साउन १४ गते १२:५२
अविरल वर्षासँगै कैलालीका विभिन्न स्थान डुबानमा

१४ साउन, २०७७, कैलाली । अविरल वर्षासँगै आएको बाढी पस्दा कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाकाका एक सयभन्दा बढी घर डुवानमा परेका छन् ।

डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले जानकारी दिनुभयो । भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नम्बर ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ ।

ढुसी गाउँको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिनुभयो । वडा नम्बर २ र वडा नम्बर ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढी वस्तीमा पसेको हो ।

यसैगरी कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि डुबानमा परेका छन् ।

गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले खमरिया टोल, झबही, खैरेनी, हसनापुरको पूर्वी टोल, बाँणी, मैनपोखरी, बढैया, रतनपुर, मनकापुर, भित्रैया, घैला गाउँ, बौनिया लगायतका स्थान डुबानमा परेको जानकारी दिनुभयो ।

काँढा नदी, पथरैया नदी र घैला नालाको बाढी यी वस्तीहरुमा पस्ने गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । कैलालीमा गएरातिदेखि नै ठूलो पानी परिरहेकाले नदीहरुको बहाव बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *