Main News
पूर्व रथी कुलबहादुर खड्काको निधन
२०७७ साउन १३ गते १९:५८

१३ साउन, २०७७ काठमाडौं । पूर्व रथी कुलबहादुर खड्काको निधन भएको छ ।
केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्व रथी खड्काको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङगद कटवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरेपछि राष्ट्रपति डा रामवरण यादवले हस्तक्षेप गरेर कटवाललाई नै प्रधानसेनापति भएको भन्दै अडान लिएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिनु भएको थियो ।
प्रतिक्रिया