Main News
नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गर्ने सरकारको निर्णय
२०७७ साउन १३ गते १९:०४

१३ साउन, २०७७ काठमाडौं । पछिल्लो पटक भ्रष्टाचारको अखडाका रुपमा चिनिन थालेको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति सरकारले भंग गरेको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको प्रस्तावमा हिजोको मन्त्रिपरिषद बैठकले रेडक्रसको वर्तमान कार्यसमिति खारेज गर्दै तदर्थ समिति गठन गरेको हो ।
सञ्जिव थापा सभापति भएको कार्यसमिति खारेज गरेर सरकारले तदर्थ समितिको अध्यक्षमा नेत्रप्रसाद तिम्सिनालाई तोकिएको छ ।
रेडक्रस नविकरण बिनै सञ्चालन भएको, अनुमतिबिना झन्डै १६ अर्ब रुपैयाँ वैदेशिक सहायता लिएर मनपरी खर्च गरेको आरोप लागेको छ ।
यस्तै जग्गा खरिद तथा चल–अचल सम्पत्तिको भोगचलनमा भएको अनियमिततामा पनि रेडक्रस मुछिएको छ । नवगठित तदर्थ समितिलाई निर्वाचन गरी नयाँ पदाधिकारी चयन गर्ने जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया