१३ साउन, २०७७ वीरगञ्ज । नारायणी अस्पतालका एक कर्मचारी तथा एक प्रहरी कर्मचारीसहित वीरगञ्जमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा सोमबार राति आएको रिपोर्ट अनुसार नारायणी अस्पतालका एक कर्मचारी तथा जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी कर्मचारीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेहरुमा नारायणी अस्पतालको ईआर शाखामा कार्यरत ३१ बर्षीय पुरुष, जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २१ बर्षीय पुरुष, जगदम्बा इन्टरप्राइजेजमा कार्यरत तीनजना पुरुष, कलैया उपमहानगरपालिका–५ का ४८ बर्षीय तथा इलामका एक पुरुष र बीरगंज महानगरका बिभिन्न वडाका ८ जना गरि १५ जना रहेका छन ।