कोरोनाका कारण चितवनको देवघाटमा हुने बोलबम मेला स्थगित

१२ साउन, २०७७ चितवन । कोरोना भाइरसका कारण हरेक वर्षको साउन महिनामा चितवनको देवघाटमा हुने बोल बम मेला यो वर्ष स्थगित भएको छ ।
साउने सोमबार समेत हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटधाम सुनसान बनेको छ । कोरोना भाइरस समुदायमा फैलिन सक्ने भन्दै देवघाट क्षेत्र विकास समितिले यो पटकको देवघाट मेला स्थगन गरेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
देवघाटमा श्रावण स्नानका लागि चितवन, नवलपुर, तनहूँसहित देशका विभिन्न जिल्ला तथा भारतबाटसमेत तीर्थयात्री आउने गरेका थिए । अघिल्ला वर्षहरुमा देवघाट स्नानका लागि दैनिक २० हजारभन्दा बढी तीर्थालु आउने गरेकोमा अहिले त्यस क्षेत्र सुनसान बनेको छ ।
देवघाटमा बोलबम मेला स्थगित गरिँदा त्यहाँका व्यवसायमा समेत नकारात्मक असर परेको छ ।
नागरिकको स्वास्थ्यप्रति सचेत हुँदै बोलबम मेला स्थगित गरिनुलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् ।
प्रतिक्रिया