राजनीति

बहुमतबाट निर्णय गर्ने प्रचण्ड–नेपाल समूहको निष्कर्ष (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १२ गते २०:१६
बहुमतबाट निर्णय गर्ने प्रचण्ड–नेपाल समूहको निष्कर्ष (भिडियोसहित)

१२ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भोलि बस्ने बैठक थप पेचिलो बन्ने देखिएको छ । आज दुवै पक्षले बैठकको पूर्व सन्धायामा गरेको आन्तरिक छलफलबाट पार्टीभित्रको विवाद समाधान सजिलै समाधान हुने स्थिति देखिएको छैन ।

बुहमतकै आधारमा भएपनि निर्णय गरेर अघि बढ्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहको चेतावनी र जसरी पनि बहुमतको निर्णयलाई फेल गराउने रणनीतिबीच भोलि बस्ने बैठमा दुवै पक्षको रस्साकस्सी हुने स्थिति छ ।

गत असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा मागभएपछि सुरु भएको विवाद अझैसम्म समाधान हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग्ने प्रचण्ड(नेपाल समुहको अडान र दुवै पदबाट राजीनामा नदिने ओलीको अडानका कारण समस्या समाधान हुन सकेको छैन । बरु एकमाथि अर्को विवाद थपिँदै गएपछि पार्टीभित्रको विवाद थप जटिल भएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि बस्ने बैठकअघि दुवै पक्षले थालेको तयारीले पार्टीको विवाद अहिलेकै अवस्थामा समाधान हुने स्थिति अझै देखिएको छैन । बैठकको पूर्व सन्धामा खुमलटारमा भएको प्रचण्ड(नेपाल समुहको छलफल र बालुवाटारमा ओली पक्षको छलफलले एक अर्को विरुद्ध प्रतिकारमा उत्रिने तयारी बाहेक ठोस विकल्प अघि सार्न सकेको छैन ।

प्रचण्ड निवासमा बिहान सचिवालय र स्थायी कमिटी सदस्य र दिउँसो अन्य नेताहरुसँगको छलफलले सहमतिको लागि अधिकतम् प्रयास गर्ने तर सहमति नभए बहुमतको आधारमा भएपनि निर्णय गर्ने चेतावनी दिएको छ ।

तर, यो समुहको बहुमतको आधारमा निर्णय गर्दा पार्टी फुटमा जाने भन्दै संयमता साथ अहिले देखिएको समस्याको समाधान छलफलबाट निकाल्नुपर्नेमा जोड छ । समयमै सहमति नहुँदा पार्टी बैठक र नेताहरुको नेतृत्व क्षममतामाथि नै प्रश्न उठेको र बैठक अनिर्णयको बन्दी भएको भन्दै छलफल गरेर केही निर्णय गरौं भन्ने पक्षमा यो समुहको विशेष जोड छ ।

गत ९ गते पुष्पलाल स्मृति दिवसमा कार्यकारी अध्यक्षले नक्सा सम्बन्धी दिएको अभिव्यकिका कारण पार्टीभित्र थप समस्या थपिलएको छ । ९ गते यता दुई अध्यक्षबीच छलफल समेत हुन सकेको छैन । त्यसैकारण दुवै दुई अध्यक्षबीचको छलफलबाट भन्दा पनि सामुहिक बैठकबाट छलफल गर्ने पक्षमा दुवै पक्ष जुटेको छ ।

यता दुवै पदबाट राजीनामा नदिने अडान कायमै राखेका प्रधानमन्त्री ओलीले पनि दिनभर आफू निकट नेताहरुसँग छलफल गर्नुभयो । छलफलमा अधिकांश नेताहरुले राजीनामाको विषय पुरानो भएको भन्दै बैठकबाट समस्याको समाधान खोज्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

राजीनामाबाट मात्रै समस्याको समाधान नहुने स्थितिमा प्रचण्ड(नेपाल समुह व्याक भएको बुझेर प्रधानमन्त्री ओली बैठक बस्न सकारात्मक भएको बुझिएको छ । यद्पी प्रचण्ड(नेपाल समुहले बुहमतको आधारमा निर्णय गरेमा के गर्ने भनेर ओली समुह चनाखो पूर्वक तयारी अवस्थामा बसेको छ । प्रचण्ड(नेपाल समुहले बहुमतको आधारमा निर्णय गरेर अघि बढ्न खोजेमा केन्द्रीय कमिटी बैठकलाई नयाँ अस्त्रको रुपमा प्रयोग गर्ने ओली पक्षको रणनीति छ ।

भारतले मिचेको नेपाली भूमिसहितको नयाँ नक्सा सार्वजनिक गरेर राष्ट्रवादी छवि कायम राख्न चाहेका प्रधानमन्त्री ओलीले यो विषयलाई केन्द्रीय कमिटीमा प्रवेश गराउने सम्भावना छ । यथापी दुवै पदबाट राजीनामा माग नभएमा र बुहमतको आधारमा निर्णय नभएमा मिलेर जाने पक्षमा यो समुहको विशेष जोड छ ।

मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव तुहिएपछि मिलेर जानुको विकल्प नभएको यो समुहको पनि निष्कर्ष छ । यस्तो अवस्थामा बस्न लागेको नेकपाको बैठकले के निर्णय गर्छ त्यो भने पार्टी बैठकलाई नै कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्