Main News

कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक

हिमालय टिभी
२०७७ साउन १२ गते १३:११
कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक

१२ साउन, २०७७ काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाएको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ ।

विभिन्न नेपाली गुट तथा समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहने र मिडियाको ध्यानाकृष्ट गर्न खोज्ने प्रवृति बढेकाले नेपालीको प्रवेशमा रोक लगाउन भारतले आग्रह गरेको हो ।

दुवै देशको प्रशासनलाई हैरान बनाउने प्रयास भइरहेकाले नेपालीलाई प्रवेशमा रोक लगाउनु परेको पत्रमा उल्लेख छ । भारतको धारचुला जिल्ला प्रशासनका उपप्रमुखले दार्चुलाका प्रमुखलाई लेखेको पत्रमा यस प्रकारका कुनै सूचना नेपाली अधिकारीलाई प्राप्त भए त्यसको जानकारी तत्काल दिन पनि आग्रह गरिएको छ ।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो दावी गर्दै कब्जा गरेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आउ–जाउ नभएको बताउनुभएको छ ।

नेपाल सरकारले हालै कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हाल सडकको ट्र्याक खोल्ने काम भइरहेको छ ।

यसैगरी हेलिकप्टरमार्फत ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्रु र टिङ्करमा एक–एक सय क्विन्टल चामल पुर्याइएको थियो । यस्तै छाङ्रुको गागामा झोलुङ्गे पुलका सामान पनि हेलिकप्टरमार्फत् नै पुर्याइएको छ ।

यसैगरी माथिल्लो कौवामा सुरक्षा पोष्ट राख्ने तयारीसमेत गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

One thought on “कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक

  1. दुबै देशले प्रमाण लिएर 1950,1975को देखाउनुपर्छ ा

Leave a Reply to धनेश्वर झा Cancel reply

Your email address will not be published. Required fields are marked *