कोरोनाका लक्षणसहितका संक्रमित भेटिएपछि जाेखिम बढ्याे (भिडियोसहित)

११ साउन, २०७७ काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितमा लक्षण देखिन थालेको छ । लक्षण देखिन थालेसँगै अझै बढि सावधानी अपनाउन चिकित्सकको आग्रह छ ।
इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नदेखिएको भन्दै नआत्तिन आग्रह गरिरहेको थियो ।
तर अहिले महाशाखाले नै कोरोना संक्रमितमा ज्वरो आउने, अल्छी लाग्ने, जीउ दुख्ने लगायतका लक्षण देखिन थालेको बताएको छ । यस्ले नेपालमा कोरोना संक्रमणको जोखिम बढेको स्पष्ट देखाएको छ ।
हुनत, सरकारले लकडाउन अन्त्य गरिसकेको छ । लकडाउन अन्त्य भएसँगै हामी सामान्य जीवन तर्फ फर्किसकेका छौँ । तर संक्रमितमा लक्षण देखिन थालेसँगै इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको, संकेत गरेको छ ।
मास्क लगाउने, दुरी कायम गर्ने, साबुन पानीले हात धुने, भिडभाडमा नजाने जस्ता हामीले अपनाउनु पर्ने सावधानी अपनाउन छोडिसकेका छौँ । जसको परिणाम निक्कै दुखद् हुन सक्ने महाशाखाको चेतावनी छ ।
लक्षण नदेखिदा भन्दा लक्षण देखिएसँगै अर्को व्यक्तिमा सर्ने सम्भावना बढेको छ । यसले प्रतिरोधात्मक क्षमता कम भएका, वृद्ध, बालबालिकामा हुने जोखिम पनि बढेको छ । त्यसैले हामीसबै सजग हुनुको विकल्प छैन ।
प्रतिक्रिया