Main News

एक कार्यालय दुई कार्यालय प्रमुख, यस्तो छ दिनहुँको गाईजात्रा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ११ गते १८:२२
एक कार्यालय दुई कार्यालय प्रमुख, यस्तो छ दिनहुँको गाईजात्रा (भिडियोसहित)

११ साउन, २०७७ पाँचथर । एउटा कार्यालयमा एक जना मात्र कार्यालय प्रमुख हुनु पर्ने हो । तर पाँचथरको एउटा सरकारी कार्यालयमा दुई जना प्रमुख छन् । २ जना प्रमुख हुँदा कार्यालयमा दैनिक गाइजात्रा हुने गरेको छ भने सेवाग्राहीको काम चाहिँ भद्रगोल ।

दृश्य जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र राँके पाँचथरको हो । र यहाँ बाझाबाझ गर्ने यही कार्यालयकै कर्मचारी हुन । राँके बजारको कार्यालय प्रमुख आफू भन्दै उहाँहरु बाझिरहनु भएको छ । विजय श्रेष्ठ कार्यालय प्रमुख भएर आएपछि गत फागुनदेखि विवाद सुरु भएको हो । समायोजन कार्यालय प्रमुखको रुपमा भएपछि श्रेष्ठ कार्यालयमा हाजिर हुनुभयो ।

तर यो कार्यालयमा पहिल्यैदेखि प्रमुख रहेका मुरलीप्रसाद साह आफ्नो कतै पनि समायोजन नभएकाले आफू नै कार्यालय प्रमुख भएको दावी गर्नुहुन्छ ।

तर श्रेष्ठ यो स्वीकार्नु हुन्न । यो कार्यालयको प्रमुख दावी गर्ने दुवै जना आठौँ तहका हुनुहुन्छ । पाँच महिनादेखि एउटै कार्यालयमा २ जना प्रमुख भएर विवाद हुँदा पनि माथिल्लो निकायले मिलाउन खोजेको छैन ।

जसले गर्दा कार्यालयको सामग्री प्रयोग, विरामी उपचार र कार्यालय सञ्चालनमा हरेक दिन विवाद हुने गरेको छ । यसको सिधा असर सेवाप्रवाहमा परिरहेको छ ।

संघीय सरकार र प्रदेश सरकारका सम्बन्धीत मन्त्रालयका कारण राँकेमा रहेको कार्यालयमा यो गाइजात्रा देखिएको हो । र, यो कहिलेसम्म रहन्छ, त्यो उनीहरुकै हातमा छ । तर यसको मारमा नागरिक परेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *