Main News
जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको दायरा बढाउने
२०७७ साउन ११ गते १६:५४

११ साउन, २०७७ काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको दायरा बढाउने भएको छ ।
प्रयोगशालाले अटोमेटिक आरएनए एट्याक्सन मेसिन खरिद गरेसँगै परीक्षणको दायरा बढाउने भएको हो । यो मेसिनले मान्छेको सहयोग बिनानै परीक्षण गर्ने भएकाले परीक्षण छिटो र धेरै गर्न सकिनेछ ।
अहिले प्रयोगशालाले आठ सयको हाराहारीमा परीक्षण गरिरहेको छ भने मेसिन मार्फत दैनिक २५ सयको हाराहारीमा परीक्षण गर्न सक्ने बताईएको छ ।
योसँगै प्रयोगशालाले देशभरीका प्रयोगशालामा परीक्षण गर्न बाँकी रहेका स्वाब छिट्टै नै काठमाण्डौं ल्याउने तयारी गरेको छ ।
प्रतिक्रिया