Main News

तटबन्धमा लगानी-बालुवामा पानी, नागरिक डरले रातभर जाग्राम (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १९:२९
तटबन्धमा लगानी-बालुवामा पानी, नागरिक डरले रातभर जाग्राम (भिडियोसहित)

१० साउन, २०७७ महोत्तरी । हरेक वर्खामा तराई मधेस क्षेत्रका हुने डुबान रोक्न भन्दै नदी किनारामा तटबन्ध बनाइन्छ । तटबन्धका लागि सरकारले जनताको तटबन्ध कार्यक्रम सञ्चालन गरेर बजेट पनि खन्याउँदै आएको छ ।

तर तटबन्ध बलियो नहुँदा हरेक वर्ष बाढीले बगाउँछ र गाउँ डुबानमा पर्छ । महोत्तरीमा पनि विगत केही वर्षदेखि यस्तै भइरहेको छ ।

यो सिन्धुलीको चुरे क्षेत्रमा उदगमस्थल रहेको रातु नदी हो । सिन्धुलीबाट धनुषा छुँदै यो नदी जति तल जान्छ । यो त्यति नै बढ्दै जान्छ ।

धनुषा र महोत्तरीको माथिल्लो तटिय जलाधार क्षेत्रबाट १ सय ३ वटा खहरे र गल्छी मिसिने यो नदीमा जंगहा नदी, भवसी नदी र बरहरी नदीको मिलन यसैमा हुन्छ । पानी नपरेको बेला सामान्य देखिने यो नदी चुरे क्षेत्रमा वर्षा शुरु भएसँगै उर्लिन थाल्छ । र दायाँ बायाँ कटान गर्दै गाउँवस्तिमा छिर्छ ।

यो एक ठाउँमा मात्र हैन । रातु नदीले धेरै ठाउँमा यसैगरी कटान गरिरहेको छ । जसले गर्दा सानो पानी पर्दा पनि नदी आसपासका बासिन्दा डुबानको त्रासमा हुन्छन् ।

साँझको बेला पानी पर्न थालेको छ भने उनीहरुले त्रासकै कारण घरबाहिरै बसेर रात काट्नु पर्छ ।

गाउँलेलाई डुबानबाट जोगाउन सरकारले जनताको तटबन्ध कार्यक्रम सञ्चालन गरेको छ । महोत्तरीको यही रातु नदीमा तटबन्ध बनाउन गत आर्थिक वर्षमा मात्रै ३० करोड रुपैया खर्च भयो । तर जनतालाई डुब्नबाट बचाउन सकिएन् । तटबन्ध कमजोर भएकै कारण बाढी गाउँ पस्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *