Main News
रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)
२०७७ साउन १० गते १४:२२
रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज भएको हो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीको सिफारीसमा मध्यान्ह १२ बजेर १५ मिनेटको शुभसाइतमा रथारोहण गराइएको छ। मच्छिन्द्रनाथको रथ अहिले ललितपुरको पुल्चोकमा निर्माण भइरहेको छ । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय अनुसारनै काम गरिएको ज्यापु समाजले जनाएको छ ।
प्रतिक्रिया