Main News

मंगलबारदेखि फेरि ठूलो वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ साउन १० गते ८:५२
मंगलबारदेखि फेरि ठूलो वर्षाको सम्भावना

१० साउन, २०७७ काठमाडौं । मनसुनको न्यून चापीय रेखा हटेकाले पर्सीसम्म धेरै ठूलो वर्षा नहुने मौसमविद्ले अनुमान गरेका छन् । तर मंगलबारदेखि अघिल्लो हप्ताजस्तै देशभर ठूलो वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले नेपालको दक्षिणी क्षेत्रमा मनसुनको न्यून चापीय क्षेत्र विकास भएको छ । यही क्षेत्रबाट रेखा बन्ने हो ।

जुन पूर्वदेखि पश्चिमसम्म फैलिएर रहन्छ । अहिले त्यस्तो रेखा हटेकाले आगामी तीन दिनसम्म खासै ठूलो वर्षा हुने सम्भावना देखिएको छैन । तर पर्सी बेलुका फेरि न्यून चापीय रेखा बन्ने सम्भावना छ त्यसैका कारण मंगलबार र बुधबार अघिल्लो हप्ताजस्तै देशभर भारी वर्षाको अनुमान गरिएको छ ।

बाग्मती, गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *