Main News

प्रदेश प्रहरी कार्यालय विराटनगरका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन ९ गते ८:००
प्रदेश प्रहरी कार्यालय विराटनगरका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

९ साउन, २०७७, विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना देखिएको हो ।

बिहीबार ११ जनाको स्वाब परीक्षण गरिएकामा थप ४ जनामा संक्रमण देखिएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीमा संक्रमण देखिएपछि हिजो थप १ सय ५० जना प्रहरीको स्वाब संकलन गरिएको छ भने प्रदेश प्रहरी कार्यालय सिल गरेर सेनिटाइज गरिएको छ ।

कार्यालयमा कार्यरत प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको पोखरेलले जानकारी दिनुभयो । प्रदेश प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा अनलाइनबाट दिने व्यवस्था गरेको कार्यालयले जनाएको छ ।

यसैवीच विराटनगरस्थित विराट नर्सिङ्ग होममा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अनिश्चितकालको लागि अस्पताल बन्द गरिएको छ ।

अर्को निर्णाय नभएसम्मको लागि विराट नर्सिङ्ग होम शिल गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

बिहीबार कोरोना संक्रमित पुष्टि भएका व्यक्ति अस्पतालका सञ्चालकसमेत रहेका चिकित्सक रहेको खुलेपछि अस्पताल शिल गरिएको हो । संक्रमित चिकित्सकको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ सुरू गरिने महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *