Main News

राजधानीमै युवतीमाथि एसिड प्रहार, दुई जना पक्राउ

हिमालय टिभी
२०७७ साउन ९ गते ७:५६
राजधानीमै युवतीमाथि एसिड प्रहार, दुई जना पक्राउ

९ साउन, २०७७ काठमाडौं । हिजो साँझ काठमाडौंको नागार्जुन नगरपालिका ४, सिर्जनशील टोलमा एक युवतीमथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा घर भएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । उनको अनुहारमा एसिड लागेको छ ।

खतरामुक्त रहेकी उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । युवतीलाई एसिड हान्ने दुई जनालाई प्रहरीले हिजो साँझ नै पक्राउ गरेको छ।

एसिड हानेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो। उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।

युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएका कारण एसिड हानेको उनीहरूको बयान छ। एसिड छ्यापेर उनीहरू कोठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका प्रहरीले जनाएको छ ।

मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि मोटरसाइकलमा भागेका एसएसपी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *