Main News

कोरोना संक्रमणबाट मृत्यु भएका ६० वर्षीय पुरुषको अन्त्येष्टिमा सेनाको सलामी

हिमालय टिभी
२०७७ साउन ७ गते १४:५५
कोरोना संक्रमणबाट मृत्यु भएका ६० वर्षीय पुरुषको अन्त्येष्टिमा सेनाको सलामी

७ साउन, २०७७, महोत्तरी । कोरोना संक्रमणका कारण मृत्यु भएका महोत्तरीका ६० वर्षीय पुरुषको आज अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिएको छ ।

महोत्तरी गाउँपालिका वडा नम्वर ३ का ति पुरुषको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा हिजो राती मृत्यु भएको थियो ।

उनको शव आज बिहान महोत्तरी लगिएको थियो । जलेश्वरस्थित मणिपालको जग्गामा नेपाली सेनाको रणभिम गणले सलामी दिएर उनको अन्त्येष्टि गरेको हो ।

मृतकका छोराले बुबालाई उपचारका लागि धरान लैजानुअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको भन्दै अस्पतालमा नै संक्रमण भएको हुन सक्ने बताएका छन् । घरमा कतै नगएका बुबालाई कसरी संक्रमण भयो भनेर उनले प्रश्न गरेका छन् ।

विपी प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले उपचारमा आउँदा नै बिरामी गम्भीर भएकाले आइसीयुमा राखेर उपचार गरिँएको बताउनुभएको छ । उपचारकै क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो ।

बिरामीको मिर्गौलाले काम नगरेपछि डायलासिस गर्नुपरेको थियो भने निमोनिया पनि देखिएको थियो ।

यसअघि सप्तरीको राजविराजका एक संक्रमितको गत हप्ता पनि मृत्यु भएको थियो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *