Main News

पुराना कम्युनिष्ट नेता बुढाको पशुपतिस्थित शावदाह गृहमा अन्त्येष्टि

हिमालय टिभी
२०७७ साउन ७ गते १३:२४
पुराना कम्युनिष्ट नेता बुढाको पशुपतिस्थित शावदाह गृहमा अन्त्येष्टि

७ साउन, २०७७ काठमाडौं । आज बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षीय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हँुदै आएको थियो ।

पूर्व सांसदसमेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिनुभएको छ ।

अन्तिम श्रद्धान्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुन लगायतका नेताहरु पशुपति पुग्नुभएको थियो ।

बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *