Main News
लकडाउन हटेलगत्तै अब मापसे जाँच शुरु हुने
२०७७ साउन ७ गते १२:४७

७ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः शुरु हुने भएको छ ।
आजदेखि नियमित मापसे चाँज शुरु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।
सावधानी अपनाउँदै जाँच गर्ने र मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गरिने ट्राफिक प्रमुख ढकालको भनाइ छ । उहाँले अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने जानकारी दिनुभयो ।
कोरोनाका कारण गएको चैत्र ७ गते देखि ट्राफिकले मापसे जाँच स्थगित गरेको थियो ।
प्रतिक्रिया