Main News

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरुको घोषणा

हिमालय टिभी
२०७७ साउन ६ गते १५:५१
साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरुको घोषणा

६ साउन, २०७७ काठमाडौं । यातायात व्यवसायीले साउन ८ गतेदेखि गाडी चलाउने गर्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी पर्सिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *