राजनीति

अध्यक्ष प्रचण्ड परिबन्दमा राष्ट्रपति निवास पुग्नु भएको होइन : प्रवक्ता श्रेष्ठ

हिमालय टिभी
२०७७ साउन ६ गते १५:१३
अध्यक्ष प्रचण्ड परिबन्दमा राष्ट्रपति निवास पुग्नु भएको होइन : प्रवक्ता श्रेष्ठ

६ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू परिबन्दमा परेर राष्ट्रपति निवास गएको बताए पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसको खण्डन गर्नुभएको छ ।

स्थायी कमिटी बैठकपछि बालुवाटारमा पत्रकारसँग श्रेष्ठले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको र आफै गएको बताउनुभयो ।

शनिबार बसेको सचिवालय बैठकपछि प्रचण्ड शीतल निवास जानुभएको थियो । तर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यसँग प्रचण्डले प्रधानमन्त्री ओली, नेकपा महासचिव विष्णु पौडेल लगायतले परिबन्दमा पारेर लगेको बताउनुभएको थियो ।

तर प्रवक्ता श्रेष्ठले आज त्यसको खण्डन गर्नुभएको हो । श्रेष्ठ सहित माधवकुमार नेपाल, झलनाथ खनाल सहितको छलफलमा प्रचण्डले परिबन्दमा परेर शीतल निवास गएको बताउनुभएको थियो, जहाँ ओलीले मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष हुन र जनताको बहुदलीय जनवाद स्वीकार्न प्रस्ताव गरेको चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्