Main News

बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो, तीन जना बेपत्ता

हिमालय टिभी
२०७७ साउन ६ गते १४:४९
बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो, तीन जना बेपत्ता

६ साउन, २०७७ काठमाडौं । बाढी पहिरोमा परेर पछिल्लो पटक देशका विभिन्न स्थानमा ११ जनाको मृत्यु भएको छ । धादिङ, तनहुँ, काठमाडौं, दार्चुला र तेह्रथुममा मानवीय क्षति भएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ६ गल्याङमा गएराती पहिराले घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।

मृतक एकै परिवारको रहेको गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले जानकारी दिनुभयो । २५ वर्षीय मिलन खाँण, उहाँकी श्रीमति २२ वर्षीया सम्झना खाँण र डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।

दार्चुलामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ मा पहिरोमा पुरिएर अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो ।

तनहुँको भानु नगरपालिका वडा नम्वर ९ सिमलगैह्रामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ। ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौरालीको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। योसँगै पहिरोले पुरिएर तनहुँमा एक हप्तामा १३ जनाको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । पहिरोले बुलिङटार गाउँपालिका–२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उहाँकी श्रीमती बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिनुभयो ।

चितवनमा बाढीले बगाएर एक जना बेपता भएका छन् । बाढीले बगाएर खैरहनीका एक व्यक्ति बेपत्ता भएका हुन् । चितवनका विभिन्न स्थानमा बाढीले दर्जनौ घर डुबानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *