Main News

देशभर वर्षा हुने क्रम जारी, सबैभन्दा बढी झरी सिमरामा, कहाँ कति वर्षा ?

हिमालय टिभी
२०७७ साउन ६ गते ७:४९
देशभर वर्षा हुने क्रम जारी, सबैभन्दा बढी झरी सिमरामा, कहाँ कति वर्षा ?

६ साउन, २०७७ काठमाडौं । गत आइतबारदेिख वितेको २४ घण्टामा सिमरामा सबैभन्दा धेरै १०८ मिलिमिटर वर्षा भएको छ ।

पोखरामा १०७, जनकपुरमा १०४, ओखलढुंगामा ९१, काठमाडौंमा ७८, लुम्लेमा ७५ मिमिमिटर वर्ष भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै धनगढीमा ६१, ताप्लेजुङमा ५९, दोलखाको जिरि र दाङको घोराही र धरानमा ५४ मिलिमिटर वर्षा मापन भएको छ ।

नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना छ ।

न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको महानिर्देशक वैद्यले बताउनुभयो । उहाँका अनुसार साउन ९ गते पछि मात्र क्रमशः पानी पर्ने क्रम कम हुनेछ ।

पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको विभागले जनाएको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५०, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *