Main News
लगातारको वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा (भिडियोसहित)
२०७७ साउन ५ गते १६:५६

५ साउन, २०७७, काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला र नदी किनाराका बस्ती डुबानमा परेका छन् ।
उपत्यकाका गोदावरी, हनुमन्ते, मनोहरा, बाग्मती, धोबीखेला, विष्णुमतीलगायतका नदी किनाराका बस्ती डुबेका हुन् । बाग्मतीको बाढीले बल्खु, आसपासको क्षेत्र डुबेको छ ।
यस्तै गोदावरी र हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको बालकोट र ललितपुरको टिकाथली आसापसको क्षेत्र डुबानमा परेको छ ।
धोबी खोला किनाराका बस्ती पनि डुबेका छन् । बाढीले नदी किनारमा टहरा बनाएर बस्दै आएका सुकुम्बासीको बिचल्ली भएको छ ।
प्रतिक्रिया