१८६ जना कोरोना संक्रमित थपिए, १७३ जना डिस्चार्ज

५ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमण घट्दै गएको सरकारले दाबी गरे पनि पछिल्लो पटक संक्रमित बढेका छन् । आज १ सय ८६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । पछिल्लो पटक काठमाडौंमा २ र ललितपुरमा एक संक्रमित भेटिएका छन् । आज सबैभन्दा बढी बारामा ४६ र डोटीमा ४० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सर्लाहीमा २३, सप्तरीमा ९, कास्कीमा ८, रुकुम पुर्वमा ७, सुनसरी र दाङमा ६–६, पर्सा, सोलुखुम्बु, सुर्खेत र रोल्पामा ४–४, झापा र सल्यानमा ३–३, धनुषा, तनहुँ, बाँके र दैलेखमा २–२ तथा इलाम, मोरङ, सिरहा, लमजुङ, स्याङ्जा, हुम्ला, कालिकोट र कैलालीमा ११ जना संक्रमित थपिएका छन् ।
पछिल्लो पटक देशका विभिन्न आइसोलेसनबाट १ सय ७३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । सात जिल्ला संक्रमित मुक्त भएका छन् ।
प्रतिक्रिया