Main News

विदेशबाट फर्किए २७ हजार बढी नेपाली

हिमालय टिभी
२०७७ साउन १ गते ९:४१
विदेशबाट फर्किए २७ हजार बढी नेपाली

१ साउन, २०७७ काठमाडौं । भारतबाहेक अन्य मुलुकबाट हालसम्म २७ हजार १२५ जना स्वदेश फर्केका छन् ।

यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

हिजो मात्र ५९३ जना नेपाली स्वदेश फर्किएका छन् । असार २८ गतेसम्म २७ हजार ५३२ जना नेपाली स्वदेश फर्किएका थिए । हिजो नेपाल फर्कनेमा मलेसियाबाट १७, सिङ्गापुर र अस्ट्रेलियाबाट ५१, युएईबाट २ सय ८४ र कतारबाट १४१ जना छन् ।

त्यसैगरी विदेशमा कोरोना भाइरसको सङ्क्रमणमा परेका नेपाली नागरिकमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा समस्यामा परेका, भीसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काइएको हो ।

यसै अवधिमा १६० जनाको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । विदेशमा विभिन्न कारणले ज्यान गुमाएका ४ सय ६ जनामध्ये १४६ जनाको परिवारको सहमतिमा उतै अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १०९ वटा शव नेपाल ल्याउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *