बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी अधिकारी पक्राउ

३१ असार, २०७७ कास्की । कास्कीको लामापाटनस्थित सशस्त्र प्रहरी तालिम केन्द्रका प्रमुख रहेका एसएसपी राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् ।
लामापाटनस्थित आफ्नै क्वाटरमा एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी लगत्तै नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी आउन थालेको थाहा पाएपछि एसएसपी अधिकारी भागेका थिए । तालिम केन्द्र नजिकै झाडीमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई फेला पारेर नियन्त्रणमा लिएको हो ।
पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ । महिलाले दिएको मौखिक उजुरीमा एसएसपी अधिकारीले आफूलाई आज क्वाटरमै बोलाएर बलात्कार गरेको बताएकी छन् ।
यसबारे थप छानविन भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया