Main News

अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयहरुको घोषणा, शिक्षकलाई बेतलवी विदा

हिमालय टिभी
२०७७ असार ३१ गते १८:१८
अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयहरुको घोषणा, शिक्षकलाई बेतलवी विदा

३१ असार, २०७७ काठमाडौं । निजी विद्यालयले भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । सरकारले लकडाउन घोषणा गरेसँगै निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए ।

निजी विद्यालयहरुले न्युनतम शुल्क लिन पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्नेलगायतका माग राखेका थिए । तर सरकारले माग सुनुवाइ नगरेको भन्दै अनलाइन कक्षा नै बन्द गर्नुपरेको उनीहरुको प्रतिक्रिया छ ।

त्यसैगरी शिक्षक कर्मचारीको तलबभत्ता, घरभाडा, बिजुली, इन्टरनेटको शुल्क उठाउन पाउनुपर्ने निजी विद्यालयको माग थियो ।

आम्दानी शून्य भएका कारणले शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब दिन नसकेको तथा घरभाडा, बैंकको किस्ता तथा ब्याज, बीमा, टेलिफोन, बिजुली, इन्टरनेट खर्च धान्न नसक्ने अवस्था रहेको निजी विद्यालयको दावी छ ।

यस्तो अवस्थामा विद्यालयका प्रशासनिक कार्यालय खोलेर गतिविधि सञ्चालन गर्नुभन्दा बन्द गरेर बस्नु नै उचित विकल्प हो भन्ने लागेको दुबै संगठनले निकालेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

अब सरकारले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि दिने निजी विद्यालयहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *