Main News

विभिन्न मागसहित औषधि व्यवसायी आज पनि आन्दोलनमा

हिमालय टिभी
२०७७ असार ३१ गते १४:४०
विभिन्न मागसहित औषधि व्यवसायी आज पनि आन्दोलनमा

३१ असार, २०७७ काठमाडौं । विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आज पनि सडक आन्दोलन गरेका छन् ।

नेपालमा उत्पादन हुने औषधिहरुको प्रकृतिसँग मिल्ने औषधि विदेशबाट आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

आफुहरुसँग सरकारले पटकपटक सम्झौता गरेपछि कार्यान्वयन नभएको व्यवसायीहरुको गुनासो छ । औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहीन औषधि आयात र विक्री वितरणमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् ।

नाकाबन्दी र भूकम्पको समयमासमेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि परेको बताउनुभयो ।

असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेकोमा औषधि उत्पादक संघको आपत्ति छ । नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरीय र व्यवस्थित रुपले उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

सरकारले एकलौटी रुपमा औषधिमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नुपर्ने, विना दर्ता र गुणस्तर सेनिटाइजर विक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *