Main News
रक्तदान गर्न कोरोना निको भएकालाई स्वास्थ्य मन्त्रालयको आग्रह
२०७७ असार ३० गते १८:०१

३० असार, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट निको भएका व्यक्तिको रगत अन्य संक्रमितको उपचारमा उपयोगी हुने भन्दै संक्रमणमुक्त भएकालाई रक्तदान गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा संक्रमणबाट निको भएका इच्छुक व्यक्तिले रक्तदान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सम्पर्क गर्न आग्रह गर्नु भयो ।
परिषद्ले कोरोना संक्रमितको शरीरमा उत्पादन हुने एन्टिबडी सिकिस्त अवस्थाका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने भन्दै अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया