Main News

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता

हिमालय टिभी
२०७७ असार ३० गते १४:१८
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता

३० असार, २०७७, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउने बाँध फुट्दा २ जना बेपत्ता भएका छन् ।

यस्तै अरु २ जना घाइते भएका छन् । बाढीले एउटा गाडी पनि बगाएको छ ।

सुरुङको परीक्षणका लागि पानी पठाउन बनाइएको अस्थायी बाँध फुटेको हो । बाँध फुटदा आयोनजाका सवारी चालक राधाकृष्ण थापा मगर र इन्जिनियर सतिश गोहित बेपत्ता भएको आयोनजाका कर्मचारी युवराज गिरीले जानकारी दिनुभयो ।

त्यस्तै परामर्शदाता दोर्जे पेन्बा र इन्जिनियार शेखर खनालले घाइते हुनु भएको छ । घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ्ले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी आयोजनाले एक हप्ता अघिदेखि सुरुङ परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *