Main News

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

हिमालय टिभी
२०७७ असार २८ गते १९:५५
अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

२८ असार, २०७७ काठमाडौं । नक्कली कागजपत्र बनाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ललितपुरका एक वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना वडाडाध्यक्ष र एकजना कानुन व्यवसायी समेत गरी १२ जना रहेको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेमा भरतपुर मेडिकल कलेजका डा राकेश कुमार बर्मा, डा सुप्रभात श्रेष्ठ, डा बाल कृष्ण कालाखेती छन् । त्यसैगरी अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।

जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, ललितपुर महानगरपालिका वडा– ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसी पनि पक्राउ परेका प्रहरीले जनाएको छ।

यस्तै जमुना राजभण्डारी, रेश्मा राई पनि पक्राउ परेका छन् । पत्रकार सम्मेलन गरी मानव बेचविखन ब्यूरो प्रमुख एसएसपी डा देव बहादुर बोहराले २०७६ साल जेठ २७ गते चितवनको भरतपुर मेडिकल कलेजमा गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको खुलेको जानकारी दिनुभयो ।

एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *