Main News

संखुवासभामा पहिरोले ९ घर बगाउँदा ११ जना बेपत्ता, उद्धारमा खटिएका एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार २८ गते १४:५६
संखुवासभामा पहिरोले ९ घर बगाउँदा ११ जना बेपत्ता, उद्धारमा खटिएका एक जनाको मृत्यु

२८ असार, २०७७, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ मा गएराति गएको पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । पहिरोमा परेकाको उद्धारमा खटिएका एक जनाको मृत्यु भएको छ ।

उद्धारमा खटिएका २८ वर्षीय मदन भनिने प्रशान्त राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । पहिरोले ९ घर पुरिएका छन् ।

राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उहाँकी आमा, सन्दीप कुलुङ र उहाँका बुवा(आमा बेपत्ता हुनुभएको छ ।

यस्तै जुद्धबहादुर गैरी, राममान कुलुङ र उहाँकी आमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका बाँकी दुई घरका मानिसले भने भागेर ज्यान जोगाएका छन्।

पहिरोमा हराइरहेकाहरुको खोजीमा नेपाली सेना, प्रहरी टोली खटिएको छ । जिल्ला सदरमुकामबाट खटिएको सशस्त्र प्रहरीको टोली घटना स्थल पुग्दैछ । ७० घरमा मानिस सुरक्षित स्थानको खोजीमा चित्रेमा सर्ने तयारीमा छन ।

जिल्ला सदरमुकामा विभिन्‍न स्थानमा पनि पहिरोले क्षति पुर्‍याएको छ । ठाउँठाउँमा पहिरो जाँदा उद्धार कार्यमा टोली परिचालन गर्नसमेत समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *