Main News

संखुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन

हिमालय टिभी
२०७७ असार २८ गते ९:०९
संखुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन

२८ असार, २०७७, खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो ।

अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *