Main News
यो वर्ष बाढीपहिरोबाट ३० लाख घरपरिवार प्रभावित हुने अनुमान
२०७७ असार २८ गते ८:००

२८ असार, २०७७ काठमाडौं । सरकारले यस वर्ष बाढी पहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले पहिरोबाट साढे २ लाख घर परिवार, साढे १२ लाख बाढीबाट, कटान, डुबानबाट र पानीजन्य रोग झाडापखाला, हैजाजस्ता महामारीबाट १५ लाख प्रभावित हुने सरकारको अनुमान छ।
६ महिनाअघि सरकारले स्थापना गरेको प्राधिकरणले पहिरो, बाढी र पानीजन्य रोगबाट हुने क्षति कम गर्न यस वर्ष कार्ययोजना बनाएरै काम थालेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएअनुसार नै कार्ययोजना बनाएरै विपद् व्यवस्थापनका लागि काम गरिरहेको दावी गर्नुभयो ।
प्रतिक्रिया