Main News

जन्मोत्सवको उल्लास निमेषमै यसरी भयो शोकमा परिणत (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २६ गते १७:३१
जन्मोत्सवको उल्लास निमेषमै यसरी भयो शोकमा परिणत (भिडियोसहित)

२६ असार, २०७७, पोखरा । सराङ्कोट गोठादीका टंकबहादुर थापा मगरको घरमा बिहीबार राति जन्म दिन मनाउने उल्लस थियो । छोरी माइत आएकी थिइन् । टंककी साली दुई सन्तान साथमा लिएर दमौलीदेखि आइसकेकी थिइन् ।

छरछिमेक पनि जम्मा भए । जन्म दिन (बर्थ डे) को सामान्य भोज पनि चल्यो । सबैमा हाँसीखुसी चलिरहेको त्यो माहोल केही समयमै भताभुङग भयो । रातको अन्धकारजस्तै एउटा विपत्तिले टंकको परिवारमा सधैका लागि अँध्यारो छरेर गयो ।

अविरल वर्षापछि आएको पहिरोले पुरिएर स्वयं ५० वर्षे टंकबहादुर र उनकी ४५ वर्षे श्रीमती सोममाया थपासहित ५ जनाले ज्यान गुमाए । ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका ८ वर्षीय शीतल श्रेष्ठको पहिरोले पुरेर मृत्यु भयो ।

टंककी छोरी २३ वर्षीया पिंकी, उनकी ४ वर्षीया छोरी पिरिसासहित ८ जना घाइते छन् । जसको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *