Main News

उपत्यकामा समुदायस्तरमै फैलिएको हो कोरोना ? विज्ञ र सरकारको दाबी फरकफरक किन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २६ गते १६:५४
उपत्यकामा समुदायस्तरमै फैलिएको हो कोरोना ? विज्ञ र सरकारको दाबी फरकफरक किन ? (भिडियोसहित)

२६ असार, २०७७ काठमाडौं । असार १९ गते एकै दिन देशभर ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि भने संक्रमण घटिरहेको तथ्याकं सरकारले सार्वजनिक गरिरहेको छ । बिहीबार त सरकारले १ सय ८ जनामा मात्र कोरोना संक्रणम पुष्टि भएको घोषणा गर्‍यो ।

स‌ंक्रमण घटेको तथ्यांक सार्वजनिक गर्दै सरकारले समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको दावी गर्दै आएको छ । तर विज्ञहरु यसलाई पत्याउन तयार छैनन् । उनीहरुले समुदायस्तरमै कोरोना संक्रमण फैलिएको चेतावनी दिइरहेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । र संक्रमितमा केही यस्ता पनि छन् जो यहीँ बसिरहेका थिए । अर्थात उनीहरु कतै गएका थिएनन् तर संक्रमित भए । जनघनत्व धेरै भएको शहरी क्षेत्रमा यसरी संक्रमण देखिएपछि विज्ञले समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरेका छन् ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने समुदाय स्तरमा कोरोना संक्रमण नदेखिएको दावी गरिरहेको छ ।

समुदायस्तरमा कोरोना फैलिएको छैन भनेर सरकारले भ्रम फैलाएको विज्ञको आरोप छ ।

सरकारले समुदायस्तरमा कोरोना नफैलिएको दावी गर्दै व्यवस्थापनको तयारी गरेको छैन । र नागरिकलाई सचेत पनि गराएको छैन । सरकारको यो लापरबाहीले आउँदा दिनमा कोरोना संक्रमण अझै डरलाग्दो गरी फैलने त हैन भन्ने चिन्ता बढेको छ ।

पछिल्लो समय हावाका माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने चेतावनी दिएको छ । यो चेतावनीपछि कोरोना समुदायस्तरमा फैलन जोखिम बढेको छ ।

काठमाडौंमा भेटिएका केही संक्रमितले कोरोना समुदायमा नै प्रवेश गरिसकेको स्पष्ट हुन्छ । तर यस्तो बेलामा सरकारले परीक्षण घटाएर संक्रमित पनि घटेको देखाइरहेको छ । संक्रमित घट्नु राम्रो हो तर किन घटे भनेर स्पष्ट नहुने हो भने जोखिम अझै बढ्ने खतरा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *