Main News

नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६६४९ पुग्यो

हिमालय टिभी
२०७७ असार २६ गते १६:४०
नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६६४९ पुग्यो

२६ असार, २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११८ संक्रमित थपिएका छन्। सबै भन्दा धेरै उपत्यकामा मात्रै ४२ जना संक्रमित थपिएका छन्। ती मध्ये काठमाडौंमा २८ र ललितपुरमा १३ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १ सय १८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

हालसम्म देशभरबाट ४८ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।पछिल्लो पटक १ सय २० जना डिस्चार्ज भएको मन्त्रलायले जनाएको छ ।

हलासम्म ८ हजार ११ जना निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। हालसम्म देशभरका क्वरेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने हजार ८ हजार ६०३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

सार्क सदस्य राष्ट्रसँग नेपाललाई तुलना गर्दा नेपाल पीसीआर परीक्षणमा अफगानस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडि रहेको मन्त्रलायलले जनाएको छ ।

विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । शुक्रबार १ सय २० जना गरी आजसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *