Main News

भारतको सीमा रक्षा गर्ने क्रममा थप एक गोर्खा सैनिकको मृत्यु

हिमालय टिभी
२०७७ असार २६ गते १४:३५
भारतको सीमा रक्षा गर्ने क्रममा थप एक गोर्खा सैनिकको मृत्यु

२६ असार, २०७७ काठमाडौं । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकको ज्यान गएको छ ।

जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल एलओसी क्षेत्र नजिक गएराति भएको गोलीबारीमा गोर्खा सैनिकको मृत्यु भएको हो ।

युद्धविराम उल्लंघन गर्दै गएराति एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

३६ वर्षीय गुरुङ गोरखाको आरुघाट गाउँपालिकाको मान्बुका बासिन्दा भएको खुलेको छ । एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो ।

यसअघि असार ८ गते जम्मू–कश्मीरको नोसेरा क्षेत्रमै गुल्मीका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *