आलोचना भइरहे पनि रोकिएन चिनियाँ राजदूतको सक्रियता
२५ असार, २०७७ काठमाडौं । आलोचना भैरहेपनि चिनीयाँ राजदूतको सक्रियता रोकिएको छैन । यसै शिलशिलामा चिनीयाँ राजदूत होउ यान्छीले आज सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
प्रचण्ड निवास खुमलटार पुगेर चिनीयाँ होउले प्रचण्डसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । आधा घण्टासम्म चलेको भेटमा सत्तारुढ नेकपा भित्रको विवादबारे छलफल भएको छ ।
राजदूत होउले विभाजनको संघारमा रहेको नेकपाको एकता कायमै राख्न सक्रिय हुनुहुन्छ । राजदूत होउले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी, २१ गते नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र असार २३ गते झलनाथ खनालसँग भेटवार्ता गरिसक्नुभएको छ ।
चीन नेकपाको विभाजन रोक्ने प्रयासमा छ । वैशाख तेस्रो साता फुट्नै लागेका बेला राजदुत होउले यस्तै सक्रियता देखाउनुभएको थियो ।
प्रतिक्रिया