Main News

दुई जना यात्रु राखेर ट्याक्सी सञ्चालन गर्न दिने सरकारको तयारी

हिमालय टिभी
२०७७ असार २४ गते ७:५४
दुई जना यात्रु राखेर ट्याक्सी सञ्चालन गर्न दिने सरकारको तयारी

२४ असार, २०७७ काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राखेर ट्याक्सी सञ्चालन गर्न दिनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

अब यो विषयमा कोभिड १९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीमा छलफल गरेर निर्णय हुनेछ । यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ ।

यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुनेछ । लामो लकडाउनले आफूहरुको रोजिरीटी गुमेको भन्दै ट्याक्सी चालक र व्यवशायीले आन्दोलन गरिरहेका छन् ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *