Main News

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने जोखिम बढ्योः जनस्वास्थ्यविद

हिमालय टिभी
२०७७ असार २३ गते १८:३७
काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने जोखिम बढ्योः जनस्वास्थ्यविद

२३ असार, २०७७ काठमाडौं । जनस्वास्थ्यविद्ले काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने जोखिम बढेको बताएका छन । पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढिरहेका बेला विज्ञले काठमाडौंउपत्यका कोरोनाको जोखिममा रहेको बताएका हुन ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै जनस्वास्थ्य विद डाक्टर रवीन्द्र पाण्डेले काठमाण्डौमा उपत्यकामा समूदाय स्तरमा कोरोना फैलिन शुरु गरेको बताउनुभयो ।

सरकारले काठमाण्डौ उपत्यकामा समूदाय स्तरमा कोरोना नफैलिएको दावी गरेपनि डाक्टर पाण्डेले त्यसको खण्डन गर्नुभयो ।

४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा न्यून मात्रामा कोरोना परीक्षण हुनुले जोखिम बढाएको डाक्टर पाण्डेको बुझाई छ । कोरोना नियन्णत्रमा पुर्ण असफल भन्दै उहाँले सही तरिकाले काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

काठमाडौंका ढलमा कोरोना देखिनु खासै ठूलो समस्या नभएपनि यसबाट कुन समुदायमा कोरोना संक्रमण फैलिएको छ भन्ने अनुमान लगाउन सकिने उहाँले बताउनुभयो ।

पछिल्लो पटक काठमाण्डौ उपत्यकामा हरेक दिन कोरोना संक्रमित बढिरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *