Main News

मन्त्रिपरिषद बैठक बस्दै, नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको निर्णय हुने

हिमालय टिभी
२०७७ असार २३ गते १२:४२
मन्त्रिपरिषद बैठक बस्दै, नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको निर्णय हुने

२३ असार, २०७७ काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिका लागि आज मन्त्रिपरिषद बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकले प्रहरी प्रमुख नियुक्ति गर्न लागेको हो । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अवकाश पाउँदैहुनुहुन्छ ।

ज्ञवालीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउँदैहुनुहुन्छ ।

एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना नेपाल प्रहरीको नयाँ महानिरीक्षक बन्नुहुनेछ । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा अन्य एजेण्डाहरुमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *