Main News

आजबाट उपत्यकामा जोरविजोर प्रणालीमा थप कडाइ

हिमालय टिभी
२०७७ असार २३ गते ७:३८
आजबाट उपत्यकामा जोरविजोर प्रणालीमा थप कडाइ

२३ असार, २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा लगाईँदै आएको जोर बिजोर प्रणालीलाई थप कडाइ गरेको छ ।

जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो । महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको जनाएको छ ।

हिजो मात्रै जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका २ हजार ३ सय ४५ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो ।

दुई जना सवार २ हजार ८३ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिई सम्झाईबुझाई छाडिएको छ ।

एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *