Main News

काठमाडौं उपत्यका कोरोना संक्रमणको अति उच्च जोखिममा

हिमालय टिभी
२०७७ असार २३ गते ७:३३
काठमाडौं उपत्यका कोरोना संक्रमणको अति उच्च जोखिममा

२३ असार, २०७७ काठमाडौं । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिले अति उच्च जोखिममा परेको छ । हिजो मात्रै देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २४ जना संक्रमित गोकर्णेश्वर, जोरपाटी, नयाँ बानेश्वर, ठमेल, बालाजु, बालुवाटार, कपन, बुढानिलकण्ठ, टेकु, थापागाउँ, सुकेधारा, चन्द्रागिरी, ओमबहालका रहेका छन्।

ललिपुरका २० संक्रमित नखिपोट, भैंसेपाटी, टीकाथली, सातदोबाटो, लुभु, हात्तीवनका रहेका छन्।

त्यसैगरी, भक्तपुरका १० संक्रमित व्यासी, च्याम्हासिंह, कमलविनायक, चाँगुनारायण, दुवाकोट, राधेराधे, बोडे, र ठिमीका रहेका मन्त्रालयले जनाएको छ।

सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *